Thu. Apr 25th, 2024

ssssssssssssssssssssssssssवेश्यावृत्तिको आरोपमा पक्राउ परेकी भारतीय अभिनेत्री श्वेता बसुले हैदरावाद उच्च न्यायालयबाट क्लिन चिट पाएकी छिन् । श्वेता करिब २ महिना अघि हैदरावादको एक होटलबाट वेश्यावृत्तिको आरोपमा गिरफ्तार भएकी थिइन् । २ महिना सुधार गृहमा राखेपछि उनलाई रिहा गरिएको हो । सुधार गृहबाट बाहिरिएपछि श्वेताले कुनै स्क्याण्डलसँग आफ्नो लिनुदिनु नभएको प्रतिक्रिया दिइन् । अदालतले रिहाइको आदेश दिएपछि खुसी हुँदै श्वेताले भनिन्, ‘यो मेरो परिवारका लागि निकै खुसीको खबर हो । मैले धेरै समयपछि उहाँहरु मुस्कुराएको देख्न पाएँ ।’

%d bloggers like this: