Fri. Apr 19th, 2024

विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबाको अर्को नयाँ गीत रिलिज भएको छ । ‘सुसेलीको आवाजमा’ बोलको यस गीतमा नायक गजित बिष्ट र नायिका निश्मा घिमिरेलाई फिचरिङ् गरिएको छ । डेनी निरौलाको संगीत तथा चन्द्रमणी भट्टराईका शब्द रहेको यस गीतमा राजेश पायल राई र रजिना रिमालले स्वर दिएका छन् । कोरियोग्राफर गम्भिर बिष्ट हुन् । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ ।

gajit-nismaगजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ । चलचित्र लब यू बाबा मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=C-eul_5DzlM

%d bloggers like this: