Fri. Mar 29th, 2024

यहिं पौष २५ गते रिलिज मिति तय गरिएको फिल्म आभाष को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा फिल्मका अधिकांश  पात्रहरु फिचरिङ छन ।  गोविन्द शाही र दिपक शाहीको निर्माण रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन  ।
आभाष’क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ ।  पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध तथा निर्देशक सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
यस अघि सार्वजनिक गरिएको टिजरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले ट्रेलरलाई समेत दर्शकले रुचाउने निर्माण पक्षको आशा छ ।

भिडियो हेर्नुस:


 

%d bloggers like this: