Wed. Apr 24th, 2024

बलिउडमा तिन खानको राज छ ,सलमान खान,अमिर खान र शाहरुख खान हो यि तिन खाननै अहिलेका एकछत्र राज गर्ने अभिनेताको रुपमा चिनिन्छन् । यि तिन खानका चलचित्रले एकपछि अर्को गर्दै नयाँ रेकर्ड तोड्ने काम गरिरहेको छ । तर यि तिन खानको आपसी सम्बन्ध पानीबाराबारकै अबस्थामा छ । अझै पनि सलमान खान,अमिर खान र शाहरुख खान एकआपसमा राम्रो बोलचाल नभएपनि केहि महिना देखी भने यि तिन खानको चर्चा बलिउडमा मात्र होइन संसारभर नै चल्न थालेको छ । सलमान खान,अमिर खान र शाहरुख खानलाई केहि नजिक भने सलमान खानको बहिनी अर्पिताको बिहेले गराइदियो । यि तिन खान पहिलो पटक सलमान खानको बहिनी अर्पिताको बिहेमा देखिएका थिए तर पनि यि तिन खानको सम्बन्ध सोचेअनुरुपको भने अझैपनि राम्रो नभएको धेरैले विश्लेषण गरिरहेको अबस्थामा यि तिन खानका फ्यानले समेत नसोचेको कुरा भारतको एक टिभी शोले जुराइदिएको छ ।

10846525_385621908262861_1484672525_nयि तिन खानलाई उनीहरुको फ्यानले एकसाथ एउटै मञ्चमा देख्ने ठुलो धोको पालेका थिए हो त्यहि इच्छा पुरा भएको छ । यि तिन खान एउटै स्टेजमा देखा परेका छन् । भारतको निकै चर्चित टिभी शो आपकी अदालतले सलमान खान,अमिर खान र शाहरुख खानलाई एउटै स्टेजमा भलाकुसारी गर्ने मौका दिएको छ । झण्डै पानीबाराबारको अबस्थामा रहेको उनीहरुको सम्बन्धलाई आत्मिय बनाउन अपकी अदालतले पुलको काम गर्न सफल भएको छ । ‘आपकी अदालत’ले आफ्नो प्रसारणको २१ औं बर्ष पुरा गरेको उपलक्ष्यमा यि तिन खानलाई एउटै मञ्चमा उभ्याएको हो । पत्रकार रजत शर्माले संचालन गर्ने आपकी अदालतको स्टेजमा सलमान खान,अमिर खान र शाहरुख खान उभ्याएपछि उनीहरुले एकआपसमा केहि कुरा गरेको फोटो यति बेला भाइरल बनेको छ । उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेतको उपस्थिति रहेको थियो ।

%d bloggers like this: