Fri. Apr 26th, 2024

नेपाली हाँस्यक्षेत्रमा लामो समय देखी दर्शकको मनमुटुमा राजगर्दै आएका चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र सुनिता ‘मैयाँ’को जोडिलाई पर्दामा दर्शकले निकै मनपराए । यो बीचमा केदार घिमिरे ‘माग्ने बुढा’ र सुनिता ‘मैयाँ’को सानोपर्दाको हिट जोडीले माया प्रेमको गन्थन अनि विवाह हुन नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ । छोटो समयमा नै हजारौँ दर्शकले हेरिसकेको एक म्युजिक भिडियोमा निर्देशक शंकर बिसीले यो जोडीलाई रमाईलो पाराले प्रस्तुत गरेक छन् ।

10846593_946644505402915_1367541702_nएकसमय हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैको चर्चित यो जोडीलाई कम्मर मर्काउने तथा लुकामारी गर्ने अवसर श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘चोर बिरालो’ बोलको गीतले जुरेको हो । देवकोटा र कटुवालको मनछुने स्वर रहेको यो भिडियोमा यो जोडीसँगै अर्का चर्चित हाँस्य कलाकर सुरविर पण्डित ‘दाह्री बुढा’लाई पनि देख्न सकिन्छ । गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालले म्युजिक भरेका छन् । यो गीत अन्नपुर्ण भिजनको व्यानरमा दर्शक तथा श्रोतामाझ आएको हो ।

भिडियोमा हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=g6L9ij3V5Rs

%d bloggers like this: