Fri. Mar 29th, 2024

केहि दिन अगाडी मात्र घुडाँको अप्रेसन गरेर करिब ८ महिनाको लागी बैशाखीको साहारामा र बेडरेष्टमा रहेका नायक आर्यन सिग्देल अभिनित चलचित्र अलविदा पुष २५ गते देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्र आवेगको छायांकनको क्रममा घुडाँमा चोट लागेपछि केहि दिन अगाडी मात्र उनले डाक्टरको सल्लाह अनुरुप अप्रेसन गरेका थिउ । डाक्टरका अनुसार आर्यनलार्य अब करिब ८ महिना आरामको शक्त जरुरत रहेको बताएका छन् । चलचित्रको प्रचार प्रसारमा आर्यन हिड्न नसक्ने भएपनि चलचित्रमा नायक आर्यन सिग्देलले भएका कारण पनि चलचित्रलाई विषेश रुपमा हेरिएको छ ।

aaryanचलचित्रमा आर्यनको जोडीको रुपमा अनिता आचार्य देखिएकी छिन् । चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदामा अनिता आचार्य, आर्यन सिग्देल र हसन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् । चलचित्र अलविदा सगँ तथास्तु,आभाष लगायतका केहि चलचित्रहरु एकसाथ प्रदर्शनमा आउन लागेका छन् ।

%d bloggers like this: