Fri. Mar 29th, 2024

मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र लब यू बाबालाई सबैले हेर्न पाउने भएका छन् । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । आज सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि युनिभर्सल सर्टिफिकेट दिएका हुन् । अब चलचित्रलाई सबै बर्गका व्यक्तिहरुले हेर्न पाउने भएका छन् । चलचित्रका कलाकार तथा सौगातका पिता गजित विष्टले चलचित्र लब यू बाबा हेरेपछि सबैले चलचित्रको तारिफ गरेको बताए । नेपालमा चलचित्र प्रदर्शन भएपछि ८ बर्षिय बालक सौगात विष्टको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा लेखाउने तयारी भइरहेको छ ।

love-you-baba-sencerचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

%d bloggers like this: