Fri. Apr 19th, 2024

निकै हँसिलो स्वभाबकी,खासै नबोल्न,सधै हाँसी रहने,सबै सगँ नम्र व्यबहारले बोल्ने नायिका केकी अधिकारी पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्रक्षेत्रमा आएको छोटो समयमा नायिका केकी अधिकारी दर्शकको मन जित्न सफल भएकी छिन् । उनको अभिनयलाई दर्शकले अत्याधिक रुचाएरै होला यति बेला नायिका केकी अधिकारी अवार्डमा पनि आफ्नो वर्चश्व जमाउदै गएकी छिन् । चलचित्र महशुस र वितेका पलबाट दर्शकको आखाँमा राम्रो छाउन सफल भएकी नायिका केकी अधिकारीलाई अहिले अवार्डको ओहिरो लाग्न थालेको छ । केहि महिना अगाडी मात्र हङकङमा आयोजना भएको नेफ्टा फिल्मी अवार्डमा उत्कष्ट नायिकाको अवार्ड समातेकी केकीले हिजो मात्र अर्को उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी छिन् ।

kekiनेफ्टा अवार्डमा चलचित्र वितेका पलबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी केकीले पहिलो अवार्ड नै केकीको नेफ्टा अवार्ड थियो । त्यसभन्दा अघि उनी एउटा अवार्ड कार्यक्रमबाट पनि सम्मानित हुन पाएकी थिइनन् । भन्छन् नी ‘मेहेनतको फल पक्कै राम्रो हुन्छ’ भनेर हो यति बेला केकीलाई उक्त कुरा लागु भएको छ । केकी अधिकारीले हिजो काठमाडौंमा आयोजना भएको कामना फिल्म अवार्ड २०७१ मा चलचित्र महशुसबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी छिन् तर हाल उनी एक सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामा भएका कारण उनी उक्त कार्यक्रममा सहभागी हुन पाइनन तर उनले फेसबुकबाट भने सबैलाई धन्यवाद दिदै आफु निकै खुसी रहेको बताएकी छिन् । यसरी विस्तारै विस्तारै चलचित्रमा मात्र होइन अवार्डमा पनि आफ्नो वर्चश्व जमाउदै गएकी केकीको भोलीका दिन कस्तो होला त्यो भने अगामी दिनहरुले नै बताउँनेछन् ।

%d bloggers like this: