Wed. Apr 24th, 2024

ajay_450_080614081323बलिउडमा पछिल्लो समय एट पैक बनाउने प्रतियोगितानै चल्न थालेको छ । सलमान खान,अमिर खान,शाहरुख खान,गोविन्दा लगायतले एट पैक बनाए संगै यति बेला एट पैक बनाउने बलिउडमा चलन जस्तै बनिसकेको छ । तर बलिउडका अर्का सुपरस्टार अजय देवगन भने यसलाई फरक नजरले र्हेछन । उनी भन्छन् एट पैकले तपाईको शरिर आर्कषक देखिएला तर शारीरिक रुपमा भने तपाई कमजोर बन्नुहुन्छ । मेरो विचारमा मान्छे स्वस्थ र शारीरिक रुपमा राम्रो हुन आबश्यक छ अजयले भने म एट पैकको खिलाफ छु । ५ डिसेम्बरमा रिलिज हुन लागेको अजय देवगन अभिनित चलचित्र एक्शन जैक्सनमा पनि चलचित्रका प्रोडुसर ले मलाई एट पैक बनाउन आग्रह गरेका थिए तर मैले मानिन मैले भने म एट पैकको खिलाफ छु । हाल उनी एक्शन जैक्सनको प्रोमोशनमा व्यस्त छन् । अजय सगँ चलचित्रमा सोनाक्षी सिन्हा देखिएकी छिन् भने चलचित्रलाई प्रभुदेवाले निर्देशन गरेका हुन ।

%d bloggers like this: