Wed. Apr 24th, 2024

मंसिर २६ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र कान्छि मट्याङ ट्याङले दर्शकलाई चलचित्रहलमा मज्जाले हँसाउने सुरुमा देखिएको छ । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा सगँ एकसाथ प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र कान्छि मट्याङ ट्याङमा कलाकार जयकिशन बस्नेतको कमेडीलाई दर्शकले अत्याधिक मनपराउने निर्माणपक्षले दाबी गरेको छ । पुर्णतया कमेडी कथामा निर्माण भएको चलचित्र कान्छि मट्याङ ट्याङले दर्शकलाई हँसाउने मात्र नभई चलचित्रले सन्देश पनि दिने निर्देशक पुरन थापाले बताए ।

kanchi matya tanyagचलचित्रमा जयकिशन बस्नेत , सारिका केसि , राजाराम पौडेल , पुरन थापा , लय संग्रौला , शोबित बस्नेत , लक्ष्मी गिरि , रमेश मट्टारे , राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ । साथै अतिथि भूमिकामा गजित बिष्ट र अनु शाहको पनि अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरी र टंक बुढाथोकिको संगित सुन्न सकिने छ । चलचित्रमा द्धन्द एन बि महर्जनको , नृत्य कमल राइ र सुरेन बसेलको रहेको छ । चलचित्रलाइ श्याम रायमाझिले खिचेका हुन भने चलचित्रलाइ गोबिन्द शाहिले बितरणको जिम्मा लिएका छन् ।

%d bloggers like this: