Thu. Apr 25th, 2024

मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म लब यू बाबा सबैको रोजाईको चलचित्र बन्ने निश्चित देखिएको छ । चलचित्रको छायांकन सुरु भएदेखी नै निकै चर्चामा रहेको चलचित्र लब यू बाबाले मंसिर २६ गते चलचित्रहलहरुमा ह्याट्रिक गर्ने सुर कसेको छ । चलचित्र यस कारणपनि चर्चामा छ कि विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले चलचित्रलाई निर्देशन गरेका हुन् । एउटा ८ बर्षिय बालकले कस्तो चलचित्र बनाए,कस्तो होला चलचित्र भन्ने विभिन्न कुरा यति बेला व्यापक रुपमा उठिरहेको छ । नेपालमा चलचित्र प्रदर्शन भएपछि ८ बर्षिय बालक सौगात विष्टको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा लेखाउने तयारी भइरहेको छ ।

saugat bistaचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

%d bloggers like this: