Wed. Apr 24th, 2024

हाँस्यकलाकारको रुपमा आफ्नो परिचय बनाईसकेका चर्चित हाँस्यकलाकार निर्मल शर्मा गौंडाले निर्देशन गरेको र नायिका पुजना स्त्रीले निर्माण गरेको चलचित्र चकलेट यति बेला पोष्ट प्रोडकसनमा छ । ६० प्रतिशत पोष्ट प्रोडक्सनको काम सकिएको चलचित्र चकलेट यस बर्षनै प्रदर्शनमा ल्याउने धोको राखिएको छ । हाँस्यकलाकार निर्मल शर्मा गौंडाले पहिलो पटक चलचित्र चकलेट निर्देशन गरेका हुन ।

nirmal sharmaसडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा पूजना स्त्री,आयुष्मान घिमिरे, अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय रहेको छ । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोस र रायन कार्कीको संगीत रहेको छ ।

%d bloggers like this: