Fri. Apr 26th, 2024

kamana-in2कामना फिल्म मासिकले सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना भएको सीजी कामना फिल्म अवार्डस् २०७१ आज काठमाडौंको आर्मी अफिसर क्लबमा भब्य कार्यक्रमका विच अवार्ड वितरण गरिएको छ । सीजी कामना फिल्म अवार्डस् २०७१ बाट नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीले उत्कृष्ट नायक नायिकाको अवार्ड हात पार्न सफल भएका छन् भने चलचित्र महशुसले ६ विधामा, ‘नाई नभन्नु ल २’ र ‘मोक्ष’ले ४ वटा विधामा अवार्ड जित्न सफल भएका छन् । चर्चित निर्माता सुनिल रावलले निर्माण गरेको चलचित्र होस्टेलले पनि ४ वटा विधामा अवार्ड हात पार्न सफल भएको छ ।

kamana-in1कार्यक्रममा कलाकारिता तर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट हरिप्रसाद रिमाललाई नगद १ लाख सहित सम्मान,प्राविधिकतर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट बैकुण्ठमान मास्केलाई नगद १ लाख सहित सम्मान गरिएको छ । संगीतर्फको क्रिटिक्स अवार्ड हरी लम्साल, फेशनतर्फको क्रिटिक्स अवार्ड मुक्ता श्रेष्ठ र थिएटर तर्फको क्रिटिक्स अवार्ड प्रविण खतिवडालाई प्रदान गरिएको छ । नेपाली चलचित्रमा लागेर दिवंगत भएका कलाकारहरुलाई श्रद्धाञ्जली दिदैं सीजी कामना फिल्म अवार्डस् २०७१ सुरु भएको थियो । सीजी कामना फिल्म अवार्डस् २०७१ लाई आर्कषक बनाउनका लागी शिव श्रेष्ठ, भूवन केसी, रमेश उप्रेती,बाल कलाकार अनुभव रेग्मी,नायिकाहरु करिश्मा मानन्धर, झरना थापा, गौरी मल्ल, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

kamana-in4सीजी कामना फिल्म अवार्डस् २०७१ का विजेताहरु :

१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुश)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२४.उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुश)
२६.उत्कृष्ट चलचित्र (महशुश)

%d bloggers like this: