Fri. Mar 29th, 2024

बारम्बार आफ्नो प्रदर्शन मिति पर सार्दै आएको चलचित्र माई प्रमिसको अफिसियल ट्रेलर रिलिज भएको छ । १ मिनेट ३१ सेकेण्डको सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय सबै कलाकारहरु देखिएका छन् । नायिका केकी अधिकारी उक्त सार्वजनिक ट्रेलरमा बिदेशमा रहेका नेपालीहरुबाट ठगीएको भुमिकामा देखिएकी छिन् । पुष १८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र माई प्रमिसले यस भन्दा अघि २ पटक सम्म आफ्नो प्रदर्शन मिति पर सार्दै आएको थियो ।

Captureअब भने पुष १८ गते नै चलचित्र प्रदर्शन हुने निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन। सिंगापुरका रमणिय दृश्यहरु कैद गरिएको माई प्रमिसलाई टीआरएनजी प्रोडक्सनको ब्यानरमा टंक लिम्बुले निर्माण गरेका हुन् । चलचित्रमा केकी अधिकारी, विल्शन विक्रम राई, रमेश चन्द्र राई, नर कुमार लिम्बु, अनुराग मान सिङह कुंवर, दया राई, सोभा सुब्बा लगायतको अभिनय रहेको छ । फिल्ममा महेश खड्काको संगीत रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको यो सिनेमाले सिंगापुरे लाहुरेहरुको कथा पस्किने छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=ljMq4aNAc3A

%d bloggers like this: