Thu. Mar 28th, 2024

बलिउडमा कुनै समय एकछत्र राज गरेकी बलिउड अभिनेत्री तथा पूर्वविश्व सुन्दरी ऐश्वर्या राय अब बलिउडका बादशाह शाहरुख खान सगँ रोमान्स गर्ने भएकी छिन् । बलिउडका चर्चित निर्देशक रोहित शेट्टीले यि दुईस्टरलाई साथ साथ देखाउने भएका छन् । १९५८ मा प्रदर्शनमा आएको किशोर कुमार र मधुबालाको चर्चित फिल्म ‘चलती का नाम गाड़ी’को अब रोहितले रीमेक बनाउने भएका छन् । सोहि चलचित्रमा ऐश्वर्या राय र शाहरुख खान एकसाथ देखिन लागेका हुन् ।

141125120810खबरका अनुसार यस फिल्ममा रोहितले अजय देवगनकी श्रीमती काजोललाई लिने बताएका थिए तर केहि कुराका कारण काजोल उक्त फिल्ममा नदेखिएकी हुन् । त्यसपछि भने रोहितले ऐश्वर्या रायलाई चलचित्रमा देखाउने भएका हुन् । यस भन्दा अघि शाहरुख र ऐश्वर्या राय देवदास नामक चलचित्रमा एकसाथ देखिएका थिए । बलिउडका सुपरस्टार अभिषेक बच्चन सगँ बैबाहिक जीवनमा बाधिए पछि एक छोरीको आमा समेत बनिसकेकी ऐश्वर्या अब छोरी स्कुल जान थालेपछि उनीले केहि अरु चलचित्रको लागी पनि साईन गरिसकेकी छिन् ।

%d bloggers like this: