Thu. Apr 25th, 2024

मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीको यति बेला जति चर्चा भइरहेको छ त्यति नै कलाकारका कारण पनि चर्चा बटुल्दै गएको छ । चलचित्रका दुई नायिका गरिमा पन्त र सुमिना घिमिरे विचको आपसी दुस्मनीका कारण चलचित्र युनिटले झमेला खेप्नु परेको छ भने उता चलचित्रका नायक दिक्पाल कार्कीले प्रत्यक अन्तरर्वातामा गरिमा र सुमिना विचको सम्बन्ध राम्रो नभएको भन्दै हिडेपछि चलचित्रको निर्माणपक्षलाई अर्को तनाब आइपरेको छ । गरिमा भने सुमिना सगँ आफ्नो सम्बन्ध निकै राम्रो भएको दाबी गर्छिन भने उता दिक्पाल प्रत्यक अन्तरर्वातामा गरिमा र सुमिनाको सम्बन्धका विषयमा अनेकथरी बोलीदिदाँ यति बेला गरिमा तनाबमा देखिएकी छिन् ।

rang-2तर दिक्पाल भने आफुले उक्त कुरा नभनेको बताएछन् । दिक्पाल भन्छन् गरिमा र सुमिना जी विच व्यबसायिक प्रतिस्पर्दा छ तर आपसी सम्बन्ध कस्तो छ आफुलाई थाहा नभएको दिक्पलले मनोरञ्जन संसारडटकमलाई बताए । स्रोतका अनुसार दिक्पालले उक्त कुरा मिडिया माझ भन्दै हिड्न थालेपछि सुमिना चलचित्रको प्रचार प्रसारबाट टाढा रहेको हुन सक्ने बताइएको छ । तर खबरका अनुसार दिक्पाल र सुमिना निकै नजिकका मित्र पनि मानिन्छन । बजारमा आएको खबर अनुसार चलचित्र रंग बैजनीको छायांकनको बेला देखी गरिमाको नाम मिडियामा आइरहेको तर सुमिनाको नाम सोचे जसरी नआईदिदाँ दर्शकले आफु साहायक नायिकाको रुपमा बुझ्छन भनेर सुमिना चलचित्रको प्रचार प्रसार देखी चलचित्र युनिटले आयोजना गरेको कुनैपनि कार्यक्रममा सहभागी हुने नगरेको बताइन्छ । चलचित्रका निर्देशक शम्भु प्रधानका अनुसार हाल सुमिना घिमिरेले मोवाईल स्विच अफ गरेर राखेकी छिन् ।

%d bloggers like this: