Thu. Apr 25th, 2024

१०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र जिन्दगी रक्सको ‘थाहा छैन मलाई’ नामक बोलको नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । पुष १८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र जिन्दगी रक्सको नयाँ गीतमा संजीत श्रेष्ठको स्वर तथा संगीत रहेको छ । चलचित्र जिन्दगी रक्समा यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई देखाउन खोजेको छ । चलचित्रमा अकेशा विष्ट,सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देश राजेन्द्र खड्की चलचित्रमा अभिनय गरेका छन् ।

jindagi-raksविशेषगरी, काठमाडौँ, पोखरा र चितवनका रमणय स्थानहरु र हाइवेमा छायांकन गरिएको यस चलचित्रको मजबुत पाटो सगींत पनी रहेको सगींतकार सुगम पोखरेलले बताए । सुगमका अलावा कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सन्जीत श्रेष्ठले चलचित्रमा सगींत भरेका छन् । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ । चलचित्रको सहनिर्देशन बिनोद मैनालीले गरेका छन् । प्रदर्शन मिति नजिकदैं गर्दा यति बेला चलचित्र जिन्दगी रक्स युनिटपनि आफ्नो प्रचार प्रसारका लागी देशदौडाहामा निस्किएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=fLJ6Zju2G7M

%d bloggers like this: