Sat. Apr 20th, 2024

मंसिर १९ गते चलचित्र रंग बैजनी सगँ एकसाथ देशभर प्रदर्शन सुरु गर्न लागेको चलचित्र नाईके युनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागी देशदौडाहामा निस्किएको छ । चलचित्रको निर्माणपक्षले आईतबार नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्र सबैले एकपटक हेरिदिन आग्रह गरे । चलचित्रले दर्शकको मनमुटु छुने दाबी गर्दै चलचित्रका कार्यकारी निर्माता नारायण खनालले चलचित्र नाईक अहिलेका चलचित्र भन्दा फरक चलचित्र रहेको बताउदैं चलचित्र दर्शकले हेरिरहदाँ कहिले पनि खिन्न महशुस नहुने बताए । त्यस्तै चलचित्रका निर्देशक नेत्र गुरुङ्का अनुसार चलचित्रलाई राम्रो बनाउन आफुले सक्दो प्रयास गरेको र उक्त मेहेनत अनुसारकै चलचित्र निर्माण भएको पनि बताए । उक्त पत्रकार सम्मेलनमा आर्यन उपस्थित नभएपनि उनले फोनबाट भने चलचित्र नाईके सबैले एकपटक हेरिदिन आग्रह गरेका छन् ।

10151300_331035537103622_3834794860685944123_nहाल उनी घुडाँको अप्रेसन गरेर ८ महिनाका लागी बेडरेष्टमा रहेका छन् । नारायणगढमा गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु रेम बिक, बोधराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।  नायक आर्यन सिग्देल पहिलो पटक गुण्डा नाईकेको भेषमा देखिएका छन्,यो चलचित्रको आर्कषक पक्ष हो । नाईकेमा आर्यन सिग्देलसँगै रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन् । पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफि भने रोहन नेपालीको छ । फिल्ममा सानुकुमार द्वन्द निर्देशन गरेका छन् । राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन् । जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र नाईके ७० लाखमा निर्माण भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

%d bloggers like this: