Thu. Apr 18th, 2024

नेपाली चलचित्रनगरीका दुई नायिका गरिमा पन्त र सुमिना घिमिरे विचको सम्बन्धलाई लिएर हामीले धेरै पटक समाचार सम्प्रेषण गरिरहेका छौं । उनीहरुले आफुहरु जतिनै असल साथी भनेर भनेता पनि उनीहरुको व्यबसायिक सम्बन्ध मात्र होइन वास्तविक सम्बन्ध पनि राम्रो भने छैन् । यो धेरै कुराले पृष्टि गरेको छ । कुरा गरौं मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीको,हो यो चलचित्रमा यि दुई नायिका सौता सौताको भुमिकामा छन् अर्थात भनै चलचित्रमा यि नायिकाहरु वास्तविक दुस्मनी जस्तै पर्दामा पनि देखिएका छन् । वास्तविक दुस्मनीका कारणले नै होला सायद यति बेला सुमिनाले चलचित्रको प्रचार प्रसारबाट हात नै झिकेकी छिन् । नभए चलचित्र युनिटले बारम्बार पत्रकार सम्मेलनको आयोजना गरेको छ तर कुनै पनि कार्यक्रममा सुमिना देखा परेकी छैनन त्यसैले पनि सुमिनाले चलचित्रको प्रचार प्रसारबाट हात झिकेको कुरा पृष्टि हुन्छ ।

rang baijaniचलचित्रका निर्देशक शम्भु प्रधानका अनुसार हाल सुमिनाको मोवाइल स्विच अफ छ,तर पनि उनलाई जानकारी दिनका लागी भने आफुहरुले सुमिनाको घरमै गएर उनको आमाबुबा देखी परिवारका सदस्यलाई भेटी जानकारी गराउदाँ समेत उनी बेखबर रहेको निर्देशक शम्भु प्रधानले बताए । खबरका अनुसार चलचित्र रंग बैजनीको छायांकन सुरु भएदेखी नै गरिमाको नाम मिडियोमा आइरहेका कारण सुमिनालाई कतै आफु सहायक नायिकाको भुमिकामा दर्शकले चिन्लान कि कतै भनेर सुमिना चलचित्रको प्रचार प्रसारबाट टाढा रहेको हुन सक्ने खबर बाहिर आएको छ । तर निर्देशक शम्भु प्रधानका अनुसार गरिमा र सुमिनाको भुमिका चलचित्रमा साहायक र मुख्य भन्ने नै नरहेको बताउछन् । यदि यो कुरा नभए सुमिनाले मोवाईल नै स्विच अफ गरेर राख्नुको कारण के थियो ?

%d bloggers like this: