Fri. Apr 19th, 2024

चलचित्रको प्रचार प्रसार सुरु भएपछि चलचित्रमा अभिनय गर्ने कलाकार विस्तारै चलचित्रको प्रचार प्रसारबाट टाढिने प्रवृति बर्षौ देखी चलिआएको छ । तर चलचित्रमा अभिनय गर्ने कलाकार-कलाकार विच नै केहि आपसी सम्बन्ध राम्रो नहदाँ पनि चलचित्र युनिटलाई नराम्रो तनाब आइपर्छ । त्यस्तै भएको छ मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनी युनिटलाई पनि । चलचित्र युनिटले आयोजना गरेको प्रत्यक कार्यक्रममा चलचित्रकी नायिका सुमिना घिमिरे उपस्थित हुदिनन् तर चलचित्रकी अर्की नायिका गरिमा पन्त भने चलचित्र युनिटले आयोजना गरेका प्रत्यक कार्यक्रममा सहभागी हुन्छिन् त्यसैले होला अहिले यस विषयमा व्यापक चर्चा र परिचर्चा हुन थालेको छ । चलचित्र रंग बैजनीको प्रचार प्रसारमा सुमिना देखा नपर्दा चलचित्र युनिटले यति बेला केहि समस्याहरु झेल्नु परेको छ । आज काठमाडौंमा चलचित्र युनिटले पत्रकार सम्मेलनको आयोजना गर्दा पनि चलचित्रकी नायिका सुमिना देखिइन तर गरिमा भने ठिक समयमै कार्यक्रम स्थलमा आईपुगेकी थिइन ।

rang baijaniचलचित्रका निर्देशक शम्भु प्रधान सुमिना कतै आउछिन् भनेर चियाउदैं थिए तर न सुमिनाले फोन गरिन न त कार्यक्रममा नै सहभागी भइन । कार्यक्रम सुरु भयो प्रत्यक पत्रकारको मनमा एउटै जिज्ञासा खेलिरहेको थियोकी सुमिना किन कार्यक्रममा उपस्थित भइनन ? यो प्रश्नको उत्तर दिए १२ बर्षपछि निर्देशन कार्यमा फर्किएका निर्देशक तथा मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा चलचित्र रंग बैजनीका निर्देशक शम्भु प्रधानले,उनले भने चलचित्रको छायांकन सकिए पछि हामी प्राय सगँ सगैं थियौ,चलचित्रमा सहमावेश सुमिना र दिक्पालले अभिनय गरेको एउटा गीत रिलिजको बेला सम्म उनी चलचित्रको प्रचार प्रसारमा नै देखिइन त्यसपछि भने उनको मोवाइल बन्द छ ,उनलाई चलचित्र युनिटले आयोजना गरेको प्रत्यक कार्यक्रममा जानकारी दिनका लागी हामीले प्रयास गरिरहेको छौ उनलाई थाहा होस भनेर हामीले उनको घरमा समेत जानकारी दिएका छौं तर सुमिनाको न मोवाइल खुल्ला छ न फोन नै गर्छिन यो भन्दा बढि आफुलाई केहि थाहा नभएको निर्देशक शम्भु प्रधानले बताए ।

त्यहि क्रममा उनले भने १२ बर्षपछि आफुले निर्देशन गरेको चलचित्रले नेपाली समाजमा केहि सन्देश दिने बताए । ३७ लाखमा आफुहरुले चलचित्रको सम्पुर्ण छायांकन सकेको बताउर्दै निर्देशक शम्भु प्रधानले यस चलचित्र चलेपनि वा नचलेपनि आफु केहि महिना आराम गरेर पछि फेरी अर्को नयाँ चलचित्र निर्देशन गर्ने बताए । त्यस्तै चलचित्रकी निर्मात्री तथा शम्भु प्रधानको श्रीमती नुतन प्रधानले चलचित्र रंग बैजनीले महिला महिलाकै कसरी शत्रु बन्छे भन्ने कथा बोकेका कारण यस चलचित्र एकपटक सबैले हेरिदिन आग्रह समेत गरिन ।

10433748_758469187566830_8185989027541940945_nत्यस्तै नायिका गरिमा पन्तले चलचित्र एकपटक सबैले हेर्नु पर्ने भएको बताउर्दै चलचित्र रंग बैजनीले दर्शकलाई नयाँपनको आभाष गराउने दाबी समेत गरिन । त्यस्तै उनले सुमिना र आफु विचको सम्बन्धका विषयमा पनि केहि कुरा राखिन । उनले भनिन् म र सुमिना जी विच निकै राम्रो सम्बन्ध छ तर बजारमा आएको हल्लाले म आफैं अचम्मित भएको छु गरिमाले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका नायक दिक्पाल कार्कीले सबैभन्दा ठुलो आफुले शम्भु प्रधानको जस्तो निर्देशकको चलचित्रमा अभिनय गर्न पाउनु पनि ठुलो भाग्य रहेको बताए । आफुलाई चलचित्रले ठुलो हिस्सा राख्ने भएका कारण आफ्नो पहिलो चलचित्र भएका कारणले पनि चलचित्र रंग बैजनीलाई आफुले विषेश स्थानमा राखेको बताए । त्यस्तै कार्यक्रममा चलचित्रका छायांकार तथा शम्भुका छोरा शुशान्त प्रधान देखी चलचित्रका प्राविधि,कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिब १२ वटा बल्कमास्टर चलचित्र निर्देशन गरिसकेका निर्देशक शम्भु प्रधानले यस चलचित्रलाई पनि पुर्णरुपमा न्याय दिने प्रयास गरेको बताउछन् । ‘रंग बैजनी’लाई नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन् । नुतन शम्भु प्रधानको श्रीमती समेत हुन् । चलचित्रलाई नुतनले नै लेखेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन् ।चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी , मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ ।

%d bloggers like this: