Thu. Apr 25th, 2024

भारतका चर्चित कमेडियन कपिल शर्माले आफु नेपाल आउन लागेको बताएका छन् । एनसेलले आज सार्वजनिक गरेको एक भिडियोमा कपिल शर्माले नेपाली भाषामा आफु वुद्ध जन्मेको देश,सगरमाथा भएको देश नेपालमा आउन लागेको बताएका छन् । ‘म तपाईहरुलाई हँसाउन काठमाडौंको रंगशालामा आउदैंछु’- कपिलले उक्त कुरा भिडियोमा भनेका छन् । एनसेलले आयोजना गर्ने कार्यक्रममा शर्मा नेपाल आउन लागेका हुन् । आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले एनसेलले मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जनले भरिपूर्ण कार्यक्रम एनसेल पर्पल फेष्ट गर्दैछ ।

Captureपर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ र एनसेलका ग्राहकको साँझ संगीत र हाँसोले भरिपूर्ण बनाउने तयारी गरेको छ । कार्यक्रममा भारतका कपिल शर्मा र सांगीतिक व्यक्तित्व सोनु निगमसँगै नेपाली गायकहरु सुगम पोखरेल, यम बुद्घ तथा जीतु नेपाल र विल्सन विक्रम राईको समेत सहभागिता रहनेछ । कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक रु २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक रु १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक रु ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=Fwgm-wo8jK8&feature=youtu.be

%d bloggers like this: