Wed. Dec 7th, 2022

मंसिर २६ गते नेपालमा देशभर प्रदर्शन भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउने तयारी भइरहेको ८ बर्षिय बालक सौगात विष्टद्धारा निर्देशित चलचित्र लब यू बाबाको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगातले चलचित्र लब यू बाबा निर्देशन गरेका हुन् । सार्वजनिक मेकिङ भिडियोमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्र निर्देशन गरिरहेको देख्न सकिन्छ । मेकिङ भिडियोमा कलाकारलाई अभिनय गराइरहेका सौगातको निर्देशन हेर्दा जो कोहि पनि अचम्मित बन्न सक्छन् । उनले चलचित्र निर्देशन गर्दा कलाकारहरुलाई सोहि अनुसारको पर्दामा खेलाउन सफल भएका छन् ।

Captureचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=lfP7gQzxlVQ&list=UUNR1KcWXj7zpWQFJtU3ddYg