Tue. Apr 23rd, 2024

पछिल्लो समय बलिउड कलाकारहरुको आखाँमा नेपाल विषेश स्थानमा पदैं आएको छ । पछिल्ला केहि महिना यता मात्र बलिउडमा चर्चित हस्तिहरु नेपाल आईसकेका छन् । त्यहि क्रममा बलिउड चलचित्र याराको छायांकनका लागी बलिउड अभिनेत्री  श्रुती हसन र बलिउड अभिनेता  इरफान खान काठमाडौं आईपुगेका छन् ।  चलचित्र ‘यारा’को छायांकनका लागि उनीहरु नेपाल आएका हुन् । करिब ४ दिन सम्म नेपालका विभिन्न स्थानमा छायांकन हुने भनिएको चलचित्र यारालाई नेपाल चलचित्र प्राविधिक संघले छायांकनको व्यवस्थापन गरिरहेको छ ।

shruti-haasan-280414चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीका अनुसार ६२ जनाको जम्बो युनिट सहित उक्त टिम शनिबार विहान नै काठमाडौं आइपुगेको केसीले बताए । चलचित्रलाई दिकपाल सुतलियाले निर्देशन गरिरहेका छन् भने महिपाल सिंह राठोरले चलचित्रमा लगानी गरेका छन् । दिकपालले यसअघि पान सिंह तुमार र बुलेट राजा जस्ता चलचित्रको निर्देशन गरेका थिए । साउथ सुन्दरी श्रुती बलिउड फिल्म रामैया वस्ताभैयामा देखिएकी थिइन । नेपालका तर्फबाट अध्यक्ष केसी, प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, केशव घिमिरे, प्रकाश महराको साथमा अन्य प्राविधिकहरुको टोलीले उक्त चलचित्रमा काम गरिरहेको छ । चलचित्रको छायांकन आइतबार देखी नै सुरु भएको छ । हाल उक्त टोली राजधानीको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएका छन् ।

%d bloggers like this: