Tue. Apr 16th, 2024

मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबा यति बेला सबैको बहुप्रतिक्षित फिल्म बनेको छ । ८ बर्षिय बालक सौगात विष्टले चलचित्रलाई कस्तो बनाए,कस्तो होला फिल्म भन्ने विभिन्न कुरा यति बेला सबैको मनमा उठिरहेको छ । त्यो खुलदुली भने मंसिर २६ गते नै मेटिनेछ । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा नेपालमा प्रदर्शन भए पछि सौगातको नाम गीनिज बुकमा लेखाईने कलाकार तथा ८ बर्षिय बालक सौगात विष्टका बुबा गजित विष्टले बताए । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

love u babaचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् ।

%d bloggers like this: