Sat. May 11th, 2024

मंसिर ५ गते देशभर प्रदर्शनमा आएको चलचित्र श्री ५ अम्बरेले हाँस्यटेलिसिरियलका कलाकारलाई लिएर टिभिसी तयार पारे सँगै यति बेला विभिन्न चलचित्रहरुले पनि चलचित्रको प्रचार प्रसारका लागी उक्त टिभिसी तयार पार्ने काम गरिरहेका छन् । प्रचार प्रसारमा नयाँ पन थप्ने क्रममा हाँस्यकलाकारहरुले चलचित्र हेरिदिन आग्रह गरेपछि दर्शकहरुले चलचित्रहलसम्म गएर चलचित्र हेरिदिन्छन् भन्ने सोचका साथ यति बेला हाँस्यटेलिसिरियलका कलाकारहरुलाई दिएर चलचित्रको बारेमा टिभिसी तयार पार्ने काम व्यापक रुपमा हुन थालेको छ । त्यहि क्रममा चर्चित हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’, कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले चलचित्र नाईके हेरिदिन आग्रह गरेका छन् ।

naike-namastefilmy1चलचित्रको पहिलो शो नै हेर्न आफु आतुर रहेको बताउर्दै उनीहरुले चलचित्र युनिटलाई चलचित्रको सफलताको शुभकामना पनि दिएका छन् । साथैं उनीहरुले एकपटक चलचित्र नाईके हेरिदिन सबैलाई आग्रह पनि गरेका छन् । नाईकेमा आर्यन सिग्देलसँगै रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन् । पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफि भने रोहन नेपालीको छ । फिल्ममा सानुकुमार द्वन्द निर्देशन गरेका छन् । राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन् । जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र नाईके ७० लाखमा निर्माण भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

भिडियो हर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=a_bpyLS72Vk

%d bloggers like this: