Wed. Apr 24th, 2024

komal oliउमेरले झण्डै ४० पुग्न लागिसकेकी चर्चित गायिका तथा सञ्चारकर्मी कोमल ओली अहिले सम्म पनि अबिबाहित नै छिन् । धेरै आए प्रेमको प्रस्ताब खै भने जस्तो केटै भेट्दिन भनेर सधै टारिरहने कोमल ओलीलाई अहिले धेरै ठाँउबाट किन बिबाह गर्नुभएन नी ? भन्ने प्रश्न मात्र आइरहन्छ अनि अबिबाहित भएरै होला उनलाई प्राय सांगीतिक कार्यक्रममा पनि ‘आई लब यू’को बर्षा नै आइपर्छ । चन्द्रौटा महोत्सवमा सागीतिक प्रस्तुती दिन पुगेकी कोमल आलीलाई त्यहाँका तन्देरीहरुले ‘आई लब यू कोमल ओली’ भनेर हैरान नै पारे अनि कोमल ओली पनि के कम ‘आई लब यू टु महादेब’ भन्दै स्जेट तताउन थालेपछि त्यहाँका तन्देरीहरु अझ कोमललाई ‘आई लब यू’ को बर्षा नै छोड्न थाले । बेला बेलामा महादेवको नाम लिदैं स्टेजमा बसेका अतिथिहरुलाई पनि कोमलले नचाउन थालिन अनि भन्न थालिन ‘गोजीमा गाठ भाका मनमा आटँ भाका त्यतिको मर्दा भेटिएन खै’ हो यहि गीत जब कोमलले स्टेजका अतिथिलाई नजिक ल्याएर गाउन थालिन तब त्यहाँ ननाच्ने कोहि पनि थिएन । करिब ३० मिनेट सम्म त्यहाँका तन्देरीहरुलाई मज्जाले नचाएकी कोमलले गीत मात्र होइन उनले आफ्नो साहिरीका टुक्राहरु पनि सुनाएकी थिइन ।

%d bloggers like this: