Thu. Mar 23rd, 2023

बलिउडका ‘दबंगस्टार’ सलमान खानको बहिनी अर्पिताको बिबाहमा बलिउडका चर्चित हस्तिहरु आए,यहाँ सम्मकी हैदराबादका पुलिस सम्म अर्पिताको बिबाहमा सामिल भएका थिए । बलिउडका चर्चित कलाकार अमिर खान,शाहरुख खान,कैट्रिना कैफ,प्रियंका चोपडा लागायतका कलाकारहरु सगैं भारतका राजनितिज्ञहरुको पनि भब्य उपस्थिति रहेको थियो ।

arpita-sm_650_112914094525अर्पिताको बिबाहमा सबै कलाकार देखी नेता सम्मले रमाइलो गरे,सबै नाचे,सबैले आपूर्तीको खुसीमा साथ दिए,प्राय सबै अर्पिता सगँ बसेर फोटो पनि खिचे ,सबैको फोटोहरु सार्वजनिक पनि भए तर आजमात्र भारतीय एक सञ्चार माध्यमले बलिउड अभिनेता रितिकको साथमा सलमानको बहिनी अर्पिता सगँ नाचेको फोटो सार्वजनिक गरेको छ । रितिक उक्त कार्यक्रममा सहभागी भएको अहिले सम्म काहि कतैपनि आएको थिएन एक्कासी रितिक र अर्पिता सगैं नाचेको फोटो सार्वजनिक भएपछि सलमानको बहिनी अर्पिताको बिबाहमा रितिक पनि गएका थिए भन्ने पृष्टि भएको छ ।