Thu. Mar 28th, 2024

१२ बर्षपछि निर्देशन कार्यमा फर्किएका चर्चित निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाइरहेको चलचित्र युनिटले दर्शक हल सम्म तान्न सफल हुने दाबी गर्दै आएको छ । करिब १२ वटा बल्कमास्टर चलचित्र निर्देशन गरिसकेका निर्देशक शम्भु प्रधानले यस चलचित्रलाई पनि पुर्णरुपमा न्याय दिने प्रयास गरेको बताउछन् ।

rang baijani‘रंग बैजनी’लाई नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन्  । नुतन शम्भु प्रधानको श्रीमती समेत हुन् । चलचित्रलाई नुतनले नै लेखेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधानका  छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु  गरेका छन् ।चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी , मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ  ।

%d bloggers like this: