Fri. Mar 29th, 2024

पुषको मध्य जाडो अर्थात पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषको ३६ सेकेण्ड छोटो टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा संयम पुरी,आष्मा डिसी,सलोन बस्नेत लगायतका कलाकारहरु देखिएका छन् । टिजरले एक अर्का प्रतिको प्रेमभावलाई देखाउन खोजेको छ । बुहुप्रतिक्षित फिल्मको रुपमा लिइएको चलचित्र आभाषमा संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,गोविन्द शाही,सुनिल रावल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

aavas movie (3)चलचित्रले युवा पुस्ताको प्रेम, खुसी, दुःखलाई मुख्य रुपमा उठाएको बताइएको छ । आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा ‘आभाष’ राम्रो बनेकोले दर्शकले रुचाउनेमा आफु विश्वस्त रहेको निर्माता गोविन्द शाहीले बताए । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ग्लसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्र पौष २५ गते प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=H0BzDlvdExc&feature=youtu.be

%d bloggers like this: