Fri. Mar 29th, 2024

चलचित्रको प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारमा व्यापक रुपमा लागेको हुन्छ । दर्शकका आखाँमा चलचित्र पार्नका लागी चलचित्र युनिटले विभिन्न नयाँ तरिकाहरु अपनाईरहेको अबस्थामा आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र मिस्टेकले भने कुनै पनि प्रचार प्रसार विना नै चलचित्र प्रदर्शनमा आएको छ । तर पनि चलचित्र युनिटलाई भाग्यमानी नै मान्नु पर्छ किनकी अहिलेको अबस्थामा सोलो रिलिज गर्न पाउनु पनि भाग्य मानिन्छ तर चलचित्र मिस्टेकले प्रचार प्रसारमा कुनै पनि ध्यान नदिएपनि चलचित्रले सोलो रिलिजको मौका भने पाएको छ ।

mistakeचलचित्र मिस्टेक आजबाट सोलो रिलिजमा आएको छ । तर देशभर अझै पनि चलचित्र श्री ५ अम्बरे,हमजाएगा,जेरी लगायतका चलचित्रहरु प्रदर्शनरत नै छन । ‘एक्सन र रोमान्स’ चलचित्रको मुख्य पाटोलाई समेटेको चलचित्र मिस्टेक युवा बर्गलाई लक्षित गरि निमार्ण गरिएको निमार्ण पक्षको भनाई छ । ऋषिराज आचार्यद्धारा निर्देशित यस चलचित्रमा हर्षिका श्रेष्ठ , शुशान्त कार्कि , निर्मल सेन्चुरीको अभिनय रहेको छ । सबिशा फिल्म प्रोडक्सन प्रा.लि.मोरङ इटहराको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र मिस्टेकलाई सुर्य देवानले निर्माण गरेका हुन् । करिब २० लाखको लागतमा निर्माण भएको बताईएको छ ।

%d bloggers like this: