Thu. Apr 25th, 2024

माघ २ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको ट्रेलर रिलिज भएको छ । २ मिनेट ३ सेकेण्ड लामो ट्रेलरमा कलाकार सुबास थापा,दिपशिखा शाहि र दयाहाङ् राई लगायतका कलाकारहरु देखिएका छन् । द्धन्द्ध,माया प्रेम,कमेडी सबैको मिश्रण रहेको इच्छाको ट्रेलरले नै दर्शकको मन जित्ने निर्माणपक्षले दाबी गरेको छ । निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’ ‘कमेडी लभ स्टोरी’ हो ।

Captureचलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । चलचित्रको छायांकन दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा गरिएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=l5VB8yZ72YI

%d bloggers like this: