Fri. Apr 19th, 2024

priyanka_chopra_650बलिउड अभिनेत्री प्रियंका चोपडा मालिक्नी रहेकोे ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापार भइरहेको खुलासा भएको छ । हालै मात्र मुम्बई प्रहरीले ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेपछि यति बेला प्रियंका तनाबमा छिन् । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७ नम्बर प्रहरीका एक अधिकारीले भने, ‘हामीले हाम्रो मान्छे ग्राहक बनाएर पठाएका थियौं ।’ ती प्रहरीले देह व्यापारको खबर पुष्टि भएपछि छापा हानेको बताए । देह व्यापार संचालन भैरहेको कोठाको नजिकै प्रियंकाको आमाको क्लिनिक पनि रहेको बताइन्छ । उक्त ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’ को अर्की लगानी कर्ता सोनु भने फरार छिन् । स्रोतले बताए अनुसार प्रियंकाले सम्पुर्ण जिम्मा सोनुलाई दिएकी थिइन तर यस बारेमा प्रियंकालाई कुनै पाि जानकारी नरहेको बताइएको छ ।

%d bloggers like this: