Tue. Apr 23rd, 2024

collage-650_112714110121बलिउड अभिनेता इमरान हाशमीले बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन सगँ चलचित्र ‘उंगली’मा समावेश एक गीतमा काम गर्न नचाहेको खबर केहि दिन अगाडी बाहिर आएको थियो । इमरानले भनेका छन् भगवाने जुराएछन् भने एकदिन सनी लियोन सगँ पक्कै काम गर्नेछु । तर इमरानले सनी सगँ काम गर्न नचाहेको कुरालाई भने बकवास भनेका छन् । ‘सनी सगँ काम गर्न आफुले नचाहेको कुरा मिडियामा आउँदा अचम्म लाग्यो’-इमरानले भने त्यति बेला चलचित्रका प्रोडुसरले सनी सगँ समय माग्दा त्यो समय सन्नी व्यस्त भएका कारण सनीले समय दिन नसकेको बताए । तर आफुले सनी सगँ काम गर्न भने नचाहेको कुरा बकवास रहेको बताएका छन् । इमरानले भनेका छन् कुनै पनि चलचित्रमा राम्रो कथावस्तु भए आफु सनी सगँ काम गर्न इच्छुक रहेको बताए । हाल इमरान चलचित्र ‘उंगली’को प्रमोशनमा व्यस्त छन् ।

%d bloggers like this: