Thu. Apr 25th, 2024

‘कान्छि मट्याङ ट्याङ’ नाम भन्न साथ यो चलचित्रले दर्शकलाई हँसाउछ भन्ने नै सोच्नु भएको छ होला हो मुख्यतया चलचित्र कान्छि मट्याङ ट्याङले दर्शकलाई हँसाउने मनसायनै बोकेको छ तर निर्देशक पुरन थापाका अनुसार चलचित्रले दर्शकलाई हँसाउने मात्र नभई चलचित्रले दर्शकलाई केहि राम्रा सन्देश दिने पनि बताउछन् । मंसिर २६ गते संसारकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा सगँ एकसाथ प्रदर्शन सुरु गर्न लागेको चलचित्र कान्छि मट्याङ ट्याङमा कलाकार जयकिशन बस्नेतको भरपुर कमेडी हेर्न सकिन्छ ।

kasउनको कमेडीलाई दर्शकले निकै मनपराउनेमा निर्माणपक्ष निकै विस्वस्त समेत देखिएको छ । चलचित्रमा जयकिशन बस्नेत , सारिका केसि , राजाराम पौडेल , पुरन थापा , लय संग्रौला , शोबित बस्नेत , लक्ष्मी गिरि , रमेश मट्टारे , राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ । साथै अतिथि भूमिकामा गजित बिष्ट र अनु शाहको पनि अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरी र टंक बुढाथोकिको संगित सुन्न सकिने छ । चलचित्रमा द्धन्द एन बि महर्जनको , नृत्य कमल राइ र सुरेन बसेलको रहेको छ । चलचित्रलाइ श्याम रायमाझिले खिचेका हुन भने चलचित्रलाइ गोबिन्द शाहिले बितरणको जिम्मा लिएका छन् ।

%d bloggers like this: