Fri. Apr 19th, 2024

‘चपली हाईट’की हिरोइन विनिता बराल फिल्म क्षेत्रबाट केहि टाढा बसेर यति बेला उनी तरकारी खेतीमा सम्पुर्ण ध्यान दिन थालेकी छिन् । चपली हाईट चलचित्र सफल भएपनि अरु चलचित्र असफल भए सगैं विनिता चलचित्रक्षेत्रबाट विस्तारै विस्तारै हराउँन थालेकी छिन् । सुरु सुरुमा धेरैले विनितालाई चर्चामा आउनका लागी गरिएको बाहाना मात्र हो पनि भने तर विनिताले कुनै पनि कुरा सुनिन् तर अहिले उनको तरकारी खेतीमा देखिएको लगाबले पक्कै पनि विनिता राम्रो कृषक बन्न चाहेको देखिन्छ । विनिताको आँखामा अहिले हरपल हरक्षण तरकारी खेती मात्र देखिरहन्छिन् उनी भन्छिन् -‘कृषिबाट मात्र देशको विकास हुन सक्छ ।’

binita baralकृषि सम्बन्धी उपन्यास पनि लेख्दै गरेकी विनिता अहिले गोलभेडा खेतीमा बढि ध्यान दिएकी छिन् । ‘कृषक हुदाँ कस्ता कस्ता समस्या हुदाँ रैछन् मैले बल्ल थाहा पाएको छु’-विनिताले भनिन् ‘कहिले विउ नपाउँने,कहिले मल नपाउँने जस्ता समस्याहरुले कृषकहरु धेरै मार्कामा पर्ने गरेका छन्’- विनिताले भनिन् । यस्तो समस्यामा पनि रंगिन दुनियाँबाट केहि पर हटेर तरकारी खेतीमा पुरा समय दिएकी विनिता अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेकी धेरैले बताएका छन् । विनिता आफैं तरकारी बोकेर बजार सम्म जान्छिन् अनि आफैं तरकारी बेच्छिन् विनिता भन्छिन् -‘काम गर्ने मलाई गाह्रो लाग्दैन ।’ ‘म कृषक भएकोमा गौरब गर्छु’- विनिताले हँसिलो मुहारमा भनिन् ।

%d bloggers like this: