Wed. Apr 24th, 2024

चैत ६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘धुन’को अफिसियल गीत रिलिज भएको छ । ‘केहि पल’ नामक बोलको गीतमा नायक जीवन लुईँटेल र नायिका निता ढुङ्गाना देखिएका छन् । गीतले एक अर्काको मायालाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा लक्की सिटौलाको शब्द तथा संगीत, मिलन अमात्यको स्वर ,प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको छ । तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

jiwan luitel and neeta dhungana‘धुन’ कृष्णको डेब्यु निर्देशनमा तयार चलचित्र हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ । जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको यो चलचित्रमा काठमाडौं तथा पर्यटकिय नगरी पोखराका मनोरम दृश्यहरु समावेश छन् । यो चलचित्रमा संगीत लक्की सिटौलाको तथा द्वन्द्व चन्द्र पन्तको रहेको छ, भने चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=5csHakIFiyg&list=UUrzyJYtjLOTfnUur8hsr7ow

%d bloggers like this: