Fri. Mar 29th, 2024

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेको चलचित्र ६ एकान ६ ले राम्रो व्यापार र प्रतिक्रिया बटुलेपछि निकै उत्साहित भएको चलचित्र युनिटले आजबाट चलचित्र ‘वडा नम्बर ६’ को छायांकन सुरु गरेको छ । आजबाट सुरु भएको चलचित्रको छायांकनको पहिलो टेक दीपकराज गिरी, दयाहाङ राई, अरुणा कार्की,प्रियंका कार्की लगायतका केहि कलाकारहरुले लिएका छन् ।

jholay-dayahang-priyanka-karkiधुलिखेलबाट चलचित्रको छायांकन सुरु गर्ने बताइएपनि सार्क सम्मेलनका लागी सवारी साधानमा देखिएको समस्याका कारण आज काठमाण्डौको चापागाँई स्टूडियोमा छायांकन गरिएको छ । सार्क सम्मेलन सम्पन्न भए लगत्तै धुलिखेलबाट चलचित्रको छायांकन गरिने कलाकार दीपकराज गिरीले बताए । चलचित्रमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल ,किशोर खतिवडा, शिवहरी पौडेल र विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहने छ । ४० दिनमा सम्पन्न हुने भनिएको चलचित्र ‘वडा नम्बर ६’ को छायांकन काठमाडौं र काठमाडौं बाहिरका केहि स्थानहरुमा हुने बताइएको छ । चलचित्रमा अभिमन्यू निरवीको लेखन छ ।

%d bloggers like this: