Fri. Mar 29th, 2024

आफ्नो सन्तान सबैलाई माया लाग्छ,सन्तान जस्तो सुकै भएपनि,हो आफुले १ महिना सम्म चलचित्रको छायांकनको सेटमा बसेर चलचित्र निर्माण गरेको चलचित्र पनि सन्तान सरह नै हुन्छ । त्यसलाई आफ्नो सन्तान जसरी नै बनाउनु पर्छ त्यसैले होला चलचित्रको प्रदर्शन मिति नजिकदैं गरेपछि चलचित्रका कलाकार देखी निर्मातालाई पनि भ्याई नभ्याई हुने गर्छ । किनकी दर्शकको आखाँमा चलचित्र पार्नका लागी चलचित्रको जम्बो युनिटनै चलचित्रको प्रचार प्रसारमा हिड्नु पर्छ । त्यसैले मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीकी निर्मात्री नुतन प्रधान पनि अमेरिकाको बसाई छोडेर चलचित्रको प्रचार प्रसारको लागी सोमबार काठमाडौं आईपुगेकी छिन् ।

Nutan_Pradhanचलचित्र रंग बैजनीको प्रदर्शन मिति नजिकदैं गरेपछि उनले अमेरिकाको बसाई छोट्याएर काठमाडौं आएकी हुन् । उनी केहि महिना देखी आफ्नी छोरी ईश्वरी प्रधान सगँ अमेरिकामा बस्दैंं आएकी थिइन । करिब १५ बर्ष पहिलेको सफल चलचित्र ‘सक्कली नक्कली’ मा नायिकाको रुपमा देखिएकी नुतन चर्चित निर्देशक शम्भु प्रधानको श्रीमती हुन् । चलचित्र रंग बैजनीलाई शम्भु प्रधानले निर्देशन गरेका हुन् । नुतन टेलिफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी चलचित्र ‘रंग बैजनि’ मा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधान र नुतन प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन्। चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ ।

%d bloggers like this: