Sat. Apr 20th, 2024

हो यो प्रश्न अहिले धेरैको मनमा उठिरहेको छ । १० बर्ष सम्म श्रीमान श्रीमती भएर बसेका निर्माता छविराज ओझा र नायिका रेखा थापा विच अहिले पानीबारबारको अबस्था छ तर पनि आफ्नो ५० औं जन्मदिनमा छविले रेखालाई फोन गरेर आफ्नो खुसीमा सहभागी हुन आग्रह गरेका थिए । मंसिर ७ गते छविराज ओझाले आफ्नो जन्मदिनको पार्टीमा सहभागी हुन रेखालाई फोन नै गरेका थिए । तर रेखा छविराज ओझाको खुसीमा सहभागी हुन गईनन् तर छविले रेखालाई सम्झिरहे ।

rekha_chhabiनायिका रेखा थापाले मनोरञ्जन संसारडटकमलाई बताए अनुसार निर्माता छविराज ओझाले मंसिर ६ गते फोन गरेर आफ्नो जन्मदिनको कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए र त्यहि बेला आफुले छविराज ओझालाई जन्मदिनको शुभकामना दिएको बताइन । र मंसिर ७ गते विहान रेखा आफैंले छविलाई म्यासेज गरेर जन्मदिनको शुभकामना दिएकी थिइन तर छविराज ओझाले आयोजना गरेको ५० औं जन्मदिनको शुभकामना कार्यक्रममा भने रेखा उपस्थित भइनन् । तर आफ्नो ५० औं जन्मदिनको खुसी बाड्ने क्रममा छविले रेखालाई पनि सम्झिए तर रेखा उक्त कार्यक्रममा उपस्थित नभइदिदाँ छविराज केहि खल्लो महशुस गरिरहेका थिए ।

%d bloggers like this: