Tue. Apr 23rd, 2024

शिल्पा पोखरेल र छविराज ओझा अहिलेको चर्चित नाम हुन् यि । लज्जाबाट चलचित्रक्षेत्रमा प्रवेश गरेकी नायिका शिल्पा पोखरेल यति बेला छविराज ओझाको आखाँमा एउटा अमृत छाप झै बनिसकेको छ । उनी अहिले छविराज ओझाले निर्माण गरेका र गर्न लागेका प्राय चलचित्रमा उनीनै देखिएकी र देखिन लागेका कारणले पनि यति बेला उनीहरुको चर्चा चलचित्रनगरिमा व्यापक छ । छविराज ओझा सगँ जब शिल्पा नजिक भईन तब देखी उनलाई राम्रै फापेको पनि पाइन्छ लज्जा सफल भयो,हवलदार सुन्तलीमा पनि शिल्पा नै छिन् अब लंका २ मा पनि शिल्पा नै हुने लगभग पक्का भएको छ अब त्यहि मात्र होइन धेरै बर्ष अगाडी नायिका रेखा थापाद्धारा अभिनित चलचित्र किस्मतको सिक्वेल किस्मत २ मा समेत शिल्पा नै देखिन सक्ने बजारमा यति बेला व्यापक हल्ला छ ।

chabbi-shilpaपछिल्लो समय नायिका रेखा थापा जस्तै हाउभाउ भएकी नायिकाको रुपमा पनि शिल्पालाई चिनिन थालेका छन् । तर वास्तविक रुपमै भने छविले शिल्पा किस्मत २ की हिरोइन हो भनेर चै भनिसकेका छैनन् तर नायिका रेखा थापा सगँ सम्बन्ध विक्षेद भएपछि छविको आखाँमा राम्रै सगँ परेकी भने शिल्पा नै हुन त्यसैले अब छविराज ओझाले निर्माण गर्ने लागेको चलचित्र किस्मत २ मा पनि शिल्पा नै हुन सक्ने बताइएको छ । निर्माण पक्षका अनुसार चलचित्र किस्मत २ को कलाकार,प्राविधिक छनोट आजबाट नै सुरु हुने बताइएको छ । पक्कै पनि केहि दिन भित्रमा नै शिल्पा पोखरेल किस्मत २ की हिरोइन हुन्छिन् वा हुदिनन भन्न निर्णय हुन्छ । चलचित्र किस्मत २ लाई श्याम भट्टराईले निर्देशन गर्ने भएका छन् । छविराज ओझाले हिजो काठमाडौंमा आफ्नो ५० औं जन्मदिन र चलचित्रक्षेत्रमा प्रवेश गरेको २५ बर्षको उपलक्ष्यमा किस्मत २ निर्माण गर्ने घोषणा गरेका थिए ।

%d bloggers like this: