Fri. Apr 26th, 2024

aryanपछिल्लो समय निकै व्यस्त नायक आर्यन सिग्देल अब ८ महिना सम्म बेडरेष्टमा रहने भएका छन् । केहि महिना अगाडी चलचित्र आवेगको छायांकनको क्रममा घुडामा गहिरो चोट लागेपछि डाक्टरको सल्लाह अनुसार उनको हिजो अप्रेसन गरिएको छ । अब उनी ८ महिना सम्म बेडरेष्टमा रहने भएका छन् । अब उनले ८ महिना सम्म कुनै पनि चलचित्रमा अभिनय गर्ने छैनन भने कुनै पनि भारी वस्तु उचाल्ने छैनन् । डाक्टरका अनुसार अब उनलाई सक्त आरामको जरुरी रहेको बताइएको छ । उनीले अप्रेसन गरेपछि यति बेला केहि चलचित्रको छायांकन रोकिएको छ भने उनले कुनै पनि चलचित्रको छायांकन विचमै रोकाएका भने छैनन् । आर्यनले आफुले अभिनय गरेका सबै चलचित्रको छायांकन सकाएर मात्र उनले आफ्नो घुडाको अप्रेसन गरेका हुन् । हाल उनी अभिनित चलचित्र आवेग,नाईके,अलविदा प्रदर्शनको तयारीमा छन् । आज मात्र आर्यनको श्रीमती सपना सिग्देलले पनि आर्यनको स्वास्थ लाभको कामना गरेकी छिन् ।

आर्यनलाई मनोरञ्जन संसारडटकमको तर्फबाट पनि शिघ्रस्वास्थ लाभको कामना गर्न चाहान्छौं ।

%d bloggers like this: