Thu. Apr 25th, 2024

अहिलेको बहुप्रतिक्षित फिल्म लब यू बाबाको हल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्रलाई निर्देशन गरिरहेको दृश्य सगैं ट्रेलरमा चलचित्रका प्राय सम्पुर्ण पात्रलाई देखाइएको छ । १ मिनेट ३३ सेकेण्ड छोटो हल ट्रेलरमा माया,प्रेम,द्धन्द्ध,विछोड,कमेडी सबैलाई देखाइएको छ । ट्रेलरमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्र निर्देशन गरिरहेको पनि देख्न सकिन्छ । सौगातले ट्रेलरको अन्तिममा-‘विश्वास गर्नुस फिल्म ट्रेलर भन्दा पनि राम्रो छ’ भनेको सम्वाद देख्न सकिन्छ । मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लब यू बाबालाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका हुन । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा नेपालमा प्रदर्शन भए पछि सौगातको नाम गीनिज बुकमा लेखाईने कलाकार तथा ८ बर्षिय बालक सौगात विष्टका बुबा गजित विष्टले बताए ।

love u babaएउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=EjbQkichz1I&feature=youtu.be

%d bloggers like this: