Wed. Dec 7th, 2022

depikaबलिउडकी १०० करोड क्लबकी रानी दीपिका पादुकोण हाल बंगाली भाषा सिक्दै गरेकी छिन् । फिल्म चेन्नई एक्सप्रेस मा तामिल भाषा र हैप्पी न्यू ईयर मा मराठी भाषा सिकेकी दीपिकाले हाल बंगाली भाषा सिक्दै गरेकी छिन् । दीपिका भनेकी छिन् मैले चेन्नई एक्सप्रेसमा तमिलियन, राम लीलामा गुजराती,हैप्पी न्यू ईयरमा महाराष्ट्रियन,फाइंडिंग फैनीमा गोवन र अब पीकूमा बंगाली युवतीको भुमिकामा आफु देखिन लागेको दीपिकाले खुलाईन । उनले भनेकी छिन् -‘बंगाली भाषा निकै नम्र भाषा हो त्यसैले अहिले म बंगाली भाषा सिक्दै छुु’-दीपिकाले भनिन । विभिन्न चलचित्रमा विभिन्न भुमिकामा देखिएकी दीपिका यस बंगाली भाषाको अनुभव पनि निकै रमाईलो हुने बताएकी छिन् ।