Thu. Apr 18th, 2024

केहि सुख धेरै दुख सबै चिजलाई आत्मसाथ गरेर चलचित्रक्षेत्रमा २५ बर्ष विताउनु चानचुने कुरा होइन । तर यसक्षेत्रलाई राम्रो बनाउछु भनेर करिब २५ बर्ष देखी यसक्षेत्रमा कपाल फुलाएका चर्चित निर्माता छविराज आझोले आज आफ्नो ५० औं जन्मदिन मनाए साथैं उनले चलचित्रक्षेत्रमा लागेको २५ बर्ष पुरा गरेको भन्दै केक पनि काटे । चलचित्रक्षेत्रका सबैभन्दा पाका निर्माताका रुपमा चिनिने गरेका निर्माता छवि ओझा निकै सरल,हाँसी रहने,कसैलाई पनि नराम्रो बचन नबोल्ने निर्माताका रुपमा चिनिन्छन् । उनले चलचित्रक्षेत्रमा धेरै कलाकार भित्राए आज उनले नै कलाकार,निर्देशक,प्राविधिक बनाएका धेरै चलचित्रकर्मीहरु आज उनलाई नै चिन्दैनन तर उनको योगदान सधै चलचित्रक्षेत्रका लागी नै थियो ।

IMG_7409‘युग देखी युगसम्म’ चलचित्रबाट निर्माता बनेका छविराज ओझाले अहिले सम्म १६ वटा चलचित्र निर्माण गरिसकेका छन् । हाल उनले निर्देशन गरेको चलचित्र हवलदार सुन्तली प्रदर्शनको तयारीमा छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि छविराज ओझाले ५० औं जन्मदिन मनाउदा उनको खुसीमा साथ दिन नेपालका चर्चित कलाकारहरुका भब्य उपस्थिति रहेको थियो । तर उनले नै नायिका बनाएका र १० बर्ष सम्म श्रीमती भएर बसेकी नायिका रेखा थापा भने छविराज ओझाको खुसीमा सहभागी भइनन् तर रेखाले छविलाई ‘मामु’ भनेर सम्बोधन गर्दै जन्मदिनको अवसरमा शुभकामना सन्देश भने पठाएकी थिइन् । रेखा कार्यक्रममा उपस्थित नभईदिदाँ छविराज केहि खल्लो महशुस गरिरहेका थिए ।

IMG_7303कार्यक्रममा बोल्दै निर्माता छविराज ओझाले आफुलाई यो यात्रा सम्म साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने ‘आज सम्म मैले जे गरे त्यो मेरो लागी थिइन मात्र मैले चलचित्रक्षेत्रको विकासका लागी काम गरिरहे सायद त्यसैले होला मलाई आज सबैले ‘बा’ भन्छन्’-उनले मुस्कुराउदैं भने ‘म यसरी नै अझ काम गर्न चाहान्छु मलाई एक दिन सबैले हजुरबुबा भनेको सुन्न चाहान्छु’- छविले भने । छविले आफ्नो चलचित्र यात्रा २५ बर्ष पुगेका अवसरमा उपस्थित केही नायिकाहरुसँग मिलेर केक काटेका थिए । नायिकाहरु पूजना प्रधान, शिल्पा पोख्रेल, रजनी केसी, दिपाश्री निरौलाले छविको २५ बर्ष लामो चलचित्र यात्राको अवसरमा केक काटे । त्यस्तै कार्यक्रममा धेरैले छविराज ओझाको गुनगान गाएका थिए सबैले भन्दै थिए छवि आझोले कहिले पनि आफ्नो लगी नसोचि सधै चलचित्रक्षेत्रका लागी नै सोच्नुभयो त्यसैले आज उहाँले चलचित्रक्षेत्रमा २५ बर्ष विताउनु भएको छ ।

निर्माता छविराज ओझाले आफ्नो जन्मदिनको अबसरमा धेरै पहिला निर्माण गरेको चलचित्र किस्मतको सिक्वेल किस्मत २ बनाउने घोषणा समेत गरेका छन् । किस्मत २ लाई श्याम भट्टराईले निर्देशन गर्नेछन् । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवादमा बन्न लागेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ । चलचित्रका कलाकार तथा अन्य प्राविधिकको छनोट भोलीबाट सुरु हुनेछ । त्यस्तै छविराज ओझाले आफुले निर्माण गरेको चलचित्र हवल्दार सुन्तलीको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चैत २७ गते प्रदर्शनको तिमि सार्वजकि गर्दै छविराज ओझाले यस चलचित्रबाट पनि आपफुले दर्शको मन जित्ने बताए । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीलाई ऋषि लामिछानेको निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडाको अभिनय छ ।

%d bloggers like this: