Sat. Apr 20th, 2024

श्रीमानको मृत्यपछि विधवा बनेकी महिला भोग्ने पिडा अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र विधवा यस्तै बिषय बस्तुमा निर्मीत छ । दिलीप रायमाझी , सोनु घिमीरे ,मनोज श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको यो चलचित्र गिरीप्रसाद सुनारले निर्माण गरेका हुन् । पुस ११ गतेबाट प्रर्दशमा आउने यो चलचित्रका निर्देशक मनोज श्रेष्ठ रहेका छन् ।

bidhawaचलचित्रमा सगीत बिकाश चौधरीको छ भने शब्द शंकर अधिकारीले कोरेका छन् । चलचित्रले नेपाली समाजमा एकल महिलालाइ गरिने दुव्र्यवहार र छुवाछुतको बिषयलाइ उठान गरी निर्माण भएकोे कारण नायक दिलिप रायमाझीले कथा सुन्ने बितिकै चलचित्रमा अभिनय गर्न राजि भएको निर्माता सुनारले बताए । चलचित्र भित्र नायक दिलिप रायमाझिले एक एकल महिलालाइ नै बिबाह गर्ने छन् । यो सन्देश मुलक चलचित्र भएको निर्माण पक्षको दाबी छ ।

%d bloggers like this: