Fri. Apr 26th, 2024

57चर्चित गायिका निकी मिनाज अहिले चौथो एल्बम सार्वजनिकको तयारीमा छिन् । एल्बम सार्वजनिक भन्दा पहिले विहे गरी घर बसाउने उनको चाहना छ । ‘गायनमा चिनिएर मात्र महिलाको जीवन पूर्ण हुँदैन,’ निकीले भनेकी छन्, ‘विहे गरेर घरजम गर्नु पनि महिलाका लागि महत्वपूर्ण हुन्छ ।’ निकी तेस्रो एल्बम ‘द प्रिन्ट’का कारणले परिचित छिन् । उनले एक पत्रिकासँगको अन्तर्वाताका क्रममा आमा बन्ने चाहना आफूमा जागेको बताएकी छिन् । ‘म आफू कताकता हराएको महसुश गरेकी छु,’ उनले भनिन्, ‘किन भने मैले निजी जिन्दगी नै भुुलीसकेकी छु ।’ आफूमा पाँचौ एल्बमभन्दा पहिले आमा बन्ने चहाना रहेको उनले खुलाइन् । उनले थपिन्, ‘गीत गाएर पैसा कमाएर मात्र के गर्नु । जसका लागि कमाउने हो त्यो त हुनुपर्‍यो नी ।’ बच्चा जन्माउन विहे जरुरी रहेको बताउने निकीले विहेका लागि मनपर्ने साथी जरुरी रहेको बताइन् ।

%d bloggers like this: