Tue. Apr 23rd, 2024

नेपाली चलचित्रक्षेत्रमा राम्री नायिकाको रुपमा आफुलाई स्थापित गराउदैं आएकी नायिका नम्रता श्रेष्ठ अब तेस्रो पटक नाटक घरमा नाटक मंचन गर्ने भएकी छिन् । पछिल्लो समय नेपालका चर्चित कलाकारहरु नाटकतिर पनि बढि ध्यान दिइरहेको पाइन्छ त्यहि क्रममा नाटक खेल्ने सोख पालेकी नायिका मध्यकी एक हुन नम्रता श्रेष्ठ । स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले ८० वर्ष पहिला लेखेको नाटकमा यर्मा अब नम्रताले नाटक गर्ने भएकी छिन् । काठमाडौंमा आयोजित एक औपचारीक कार्यक्रममा उक्त घोषण गरिएको हो ।

IMG_9714स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गर्न लागेका हुन् । वान वल्र्ड थिएटरले गर्न लागेको नाटक नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म थिएटर भिलेजमा मंचन हुदैछ । नाटक मंचनमा नायिका नम्रता श्रेष्ठ सगैं राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारीले पनि अभिनय गर्दैछन् । यर्माको नेपाली अर्थ बच्चा नजन्माउने बााझी आइमाइ भन्ने हुन्छ । स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने नाटकलाई वर्तमान नेपाली परिवेशसाग अनुग्रहण गरिएको छ । ‘नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । नाटकलाई कवितात्मक शैलीमा मंचन गरिने भएको छ ।

%d bloggers like this: