Thu. Apr 25th, 2024

नायिका नम्रता श्रेष्ठ चलचित्रक्षेत्रमा एक सोझि नायिकाको रुपमा चिनिन्छिन् तर हिजो एउटा अचम्मको दृश्य देखा पर्यो । काठमाण्डौको भृकुटीमण्डपस्थित फन पार्कमा नायिका नम्रताको अघि पछाडी ४ जना केटाहरु नम्रतालाई जिस्काउँदै थिए । त्यो दृश्य देखेर त्यहाँ सबै अचम्मका परे तर एकछिन पछि निर्देशक सुव्रत आचार्यले एक्शन कट भन्दा पो सबै अचम्ममा परे त्यो त चलचित्र ‘अधकट्टी’मा समावेश एक गीतको छायांकन पो भइरहेको रहेछ । केहि समय अघि छायांकन सकेर बसेको फिल्म ‘अधकट्टी’ को बाकी रहेको एक गीतको छायाँकन शुक्रबार राजधानीको फन पार्कमा गरिएको छ ।

adhakatti-song-suting-filmybazar‘क्या कमाल तिमी बबाल छौ हे नम्रता’ बोलको गीतमा नायिका नम्रता श्रेष्ठको पछी ४ अभिनेता लागेका थिए । चलचित्र ‘अधकट्टी’ मा नायिका नम्रता नायिकाकै भुमिकामा छिन् । चलचित्रका कलाकारहरु गौरव पहारी, प्रदिप बाँस्तोला, गजित बिष्ट, विल्सन विक्रम राइको मुख्य भूमिका छ । गीतमा यी चारै जना कलाकारसँग नम्रताले नृत्य गरेकी छिन् । छायांकन गरिएको गीतमा रंजित आचार्यको गीत, राजन इशानको संगीत, नीशा देशार, राजन इशान र यूवराज चौलागाइको स्वर छ । चलचित्रको व्यापारमा यो गीतले फाइदा पुर्‍याउने विश्वास गरिएको छ । चलचित्रमा रिस्ता बस्नेत र अशिष्मा नकर्मीको पनि मुख्य भूमिका छ । हरि लामाले छायांकन गरेको फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । प्रदिपकुमार उदयले निर्माण गरेको फिल्म फाल्गुण १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको छ ।

%d bloggers like this: