Fri. Apr 26th, 2024

मंसिर ५ गते अर्थात आजबाट देशभर प्रदर्शन भएको चलचित्र श्री ५ अम्बरेले काठमाडौंको कुमारी हलमा चलचित्रको विशेष शोको आयोजना गरि चलचित्र देखाएको छ । सडक बालबालिकाको बाध्यत्मक परिस्थिति र विवशताको कथा बोकेको चलचित्र श्री ५ अम्बरेको विषेश शो हेर्नका लागी एमालेका नेता प्रदिप ज्ञवाली,माओवादीका नेता बाबुराम भट्टराई लगायतका कलाकार,पत्रकार,चलचित्रकर्मीको भब्य उपस्थिति रहेको थियो ।

ambare (1)चलचित्र पुरा हेरेपछि पत्रकारहरु सगँ संक्षिप्त कुराकानी गर्दै नेता प्रदिप ज्ञवालीले चलचित्रको कथावस्तुले आफ्नो मन जितेको बताए । माओवादी नेता बाबुराम भट्टरार्ईले भने पुरा चलचित्र हेरेनन् । चलचित्र हेर्नका लागी चलचित्र श्री ५ अम्बरेका कलाकार सौगात मल्ल मात्र हलमा पुगेका थिए । अन्तराल चलचित्र निर्देशन गरेर विभिन्न अवार्ड देखी सम्मान समेत पाएकी महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

ambare (2)चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।

%d bloggers like this: