Thu. Mar 28th, 2024

पुषको मध्य जाडो अर्थात पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषको र्शीष गीत रिलिज भएको छ । ‘तिम्रो तस्विर’ नामक सार्वजनिक गीतमा नायक संयम पुरी र नायिका निशा अधिकारी देखिएका छन् । सन्तोष लामाको आवाजमा रहेको उक्त गीतलाई प्रकाश नेपालीले संगीत दिएका छन् । राजन सुवेदीको शब्द रहेको गीतमा गम्भिर विष्टको कोरियोग्राफि रहेको छ । बुहुप्रतिक्षित फिल्मको रुपमा लिइएको चलचित्र आभाषमा संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

aavasचलचित्रमा ‘कहाँ छौ कहाँ’, ’पराई’ ‘संसार आफ्नै’ लगायतका सफल चलचित्र निर्माण गरिसकेका निर्माता तथा नायक गोविन्द शाहीले ‘आभाष’ मा अतिथी कलाकारका रुपमा अभिनय गरेका छन् । साथैं उनी चलचित्रका निर्माता पनि हुन् । यो चलचित्रले युवा पुस्ताको प्रेम, खुसी, दुःखलाई मुख्य रुपमा उठाएको बताइएको छ । आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा ‘आभाष’ राम्रो बनेकोले दर्शकले रुचाउनेमा आफु विश्वस्त रहेको निर्माता गोविन्द शाहीले बताए । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ग्लसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्र पौष २५ गते प्रदर्शन हुँदैछ ।

भिडियो

%d bloggers like this: